Responsive Ad Slot

Latest

latest

युवतीलाई अपहरण प्रयास असफल

Sunday, 11 December 2011

/ by Bikash Shah (Ghayal)
सिरहा, मंसिर २५ - सारस्वरका एक युवकले बनैनीयाबाट एक जना महिलालाई अपहरण गरेर ल्याउँदै गरेको अबस्थामा प्रहरीले बेल्हास्थित कमला नदीको किनारबाट शनिवार राती मुक्त गरेको छ ।

सारस्वर माइती भई बनैनीयामा घर भएको १६ बर्षीया विनितादेवी मण्डललाई सारस्वरका अखतर मियाँ र बेल्हाको सदरे आलमले गाउँघरमा दिसापिसाव गर्न निस्केको समयमा राती ८ वजेतिर अपहरण गरेका थिए ।

विनिताले आफ्नी नन्द रुन्ची र आफु दिसापिसावपछि घर फर्किने क्रममा घर अगाडीको सडकमा आइरहेका बेला पछाडीबाट आएको जीपको ढोका खोलेर अचानक जर्बजस्ती समातेर बेस्सरी मुख च्यापेर गाडी बसालेर लगेको बताईन् ।

लग्ने क्रममा बाटोमा सदरेले जीप चलाएको र अखतरले आफुलाई हल्ला गरे ज्यान मारी दिने धम्की दिंदै कञ्चटमा पेस्तोल राखेको उनले बताईन् । बेल्हामा आएपछि जीपबाट ओरालेर पेस्तोल देखाउँदै आफुलाई कमला नदीतर्फ लग्ने क्रममा प्रहरी आएपछि अखतर भागेको उनले बताइन् ।

अपहरण गर्न प्रयोग भएको नम्बर प्लेट नभएको भारतीय मार्सल जीप र जीप चालक सदरे आलमलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आलमलाई जिल्ला प्रहरी कार्यालय सिरहामा अनुसन्धानका लागि राखिएको र अखतरको खोजी कार्य भइरहेको प्रहरी नायव उपरीक्षक जय सापकोटाले बताए ।

यसैबीच, बनैनीयाबासी र सारस्वरबासीले छोरीचेलीलाई अपहरण गर्ने र बदनाम गराउने अपराधी दुबै जनालाई तत्काल समातेर कारबाही गर्न माग गरेको छ ।

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI