Responsive Ad Slot

Latest

latest

कैदी भीडन्त घट्नको छानबिन टोली फर्क्यो

Sunday, 11 December 2011

/ by Bikash Shah (Ghayal)
भरतपुर, मंसिर २५ - चितवनको भरतपुरस्थित जिल्ला कारागारमा कैदीले प्रतिष्पर्धी थुनुवा समुहमाथि गत मंगलबार सांघातिक आक्रमण गरेर मरणासन्न तुल्याएको घटनाको छानबिन गर्न गृह मन्त्रालयबाट आएको टोली शुक्रबार सांझ फर्केको छ ।

गृहका सहसचिव शंकर कोइरालाको नेतृत्वमा आएको टोलीले हिजो दिउसो घाइतेको उपचार भइरहेको पुरानो मेडिकल कलेज, राजनीतिक दलका स्थानीय नेता सित सोधपुछ गरेको थियो । प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीका अनुसार समितिले अनुसन्धानलाई आक्रमणमा संलग्न कैदी र जेल प्रशासनमा केन्द्रित गरेको थियो । समितिले राजधानी फर्केर गृह मन्त्रालयमा छानबिन प्रतिवेदन बुझाउने कार्कीले बताए ।

उनका अनुसार जिल्ला प्रशासनले उप सचिव रामराज सुवेदीको संयोजकत्वमा गठन गरेको छानबिन समितिले कोइरालाको टोली सित मिलेर काम गरेको थियो ।

आक्रमणमा कारागार भित्र पुर्पक्षकालागि थुनामा रहेका तरुण दल चितवन अध्यक्ष शिव प्रसाद पौडेल सहित ५ जना घाइते भएका थिए । ती मध्ये गंभीर घाइते पौडेलको अचेत अवस्थामा उपचार भइरहेको छ ।

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI