काठमाडौं, मंसिर २५ एसीसी ट्वान्टी-२० कपको उपाधि अफगानिस्तानले जितेको छ। आइतबार कीर्तिपुरमा भएको खेलमा हङकङलाई ८ रनले पराजित गर्दै अफगानिस्तानले उपाधि जितेको हो।
टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले २० ओभरको खेलमा एक बल बाँकी हुँदा सबै विकेट गुमाइ १ सय २५ रन बनाएको थियो।
१ सय २६ रनको लक्ष्य पाएको हङकङले १९.२ ओभरमा सबै विकेट गुमाइ १ सय १७ रनमात्र जोड्यो।
अन्तिम दुई ओभर बाँकी हुँदा अफगानिस्ताले लगातार ४ विकेट लियो।
सेमिफाइनलमा नेपाललाई हराउँदै अफगानिस्तान फाइनल पुगेको थियो। हङकङले भने ओमनलाई हराएर फाइनलको यात्रा तय गरेको थियो
Subscribe to:
Post Comments (Atom)
No comments
Post a Comment