Responsive Ad Slot

Latest

latest

अरनिको यातायात चौथो दिन पनि ठप्प, चार जिल्ला प्रभावित

Monday, 26 December 2011

/ by Bikash Shah (Ghayal)
सिन्धुपाल्चोक, पुस ११- मजदुर कुटपिट विरोधमा आज तेस्रो दिन पनि अरनिको यातायात सेवासमिति सम्वद्ध यात्रबुस चलेका छैनन्। बस नचल्दा काभ्रे, सिन्धुपाल्चोक, दोलखा र रामेछापका सर्वसाधरण सास्ती खेप्न बाध्य भएका छन्।मजदुर कुटपिटमा संलग्नलाई कार्वाही र पूर्ण सुरक्षाको माग गर्दै मजदुर आन्दोलिनत भएका हुन्।

दोलखाको भीरकोटमा बिहीबार अरनिको सम्वद्ध चालक रामकाजी दाहाललाई छवि लामासहित ९ जनाको समूहले मरणाशन्न हुनेगरी कुटेका थिए। तीन वटा करङ भाँचिएका उनको ललिपुरको विएण्डवी अस्पतालमा उपचार भइरहेको छ।
कुटपिटमा संलग्नमध्ये एक पक्राउ परेपनि अरु आठ जना फरार छन्। मजदुरले फरारहरुलाई नपक्रेसम्म बस नचलाउने अडान लिएका छन्। अरनिकोले राजधानीपूर्वका चार जिल्लामा लामो समयदेखि बस सेवा सञ्चालन गर्दै आएको छ। लामो रुटका लागि यी जिल्लामा अरनिको बाहेक अन्य बस नचल्ने भएकाले यात्रुलाई असुविधा पुगेको हो।

बस नचल्दा सर्वसाधरण, ट्याक्टर, ट्रकमा जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। गन्तव्यसम्म पुग्न यात्रुहरु पैदल हिंडिरहेका र एकै मोटरसाइकलमा चार जनासम्म चढेका देखिन्छन्। सदरमुकाम र बजार इलाकामा मात्र होइन चारै जिल्लाको ग्रामीण भेगसम्म अरनिकोका बस चल्दै आएका छन्।

बा२ख १२८१ नम्बरको बस्लाई बुधबार कालीदहमा बा२ख ८८९१ नम्बरको ट्रकले ठक्कर दिएपछि बढेको विवाद कुटपिटमा बदलिएको थियो। आइतबार जिल्ला प्रशासन कार्यालयले सर्वपक्षीय भेला बोलाई बस चलाउनुपर्ने निर्णय गरेको थियो। पीडित मजदुरविना भेला गरेर एकलौटी निर्णय गरेको भन्दै मजदुरले आपत्ति जनाएपछि बन्द अझै अनिश्चित बन्न पुगेको छ।

बन्दलाई अरनिको यातायात सेवा समितिले समेत समर्थन गरेको छ। समितिले मजदुर सुरक्षा ग्यारेन्टी गर्न माग गरेको छ। चार जिल्लाका विभिन्न स्थानमा समितिसम्वद्ध १ सय २० बस दैनिक सञ्चालन हुँदै आएका छन्।

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI