Responsive Ad Slot

Latest

latest

उपत्यकामा पानीको स्रोत सुक्दै; माग ३८ करोड, आपूर्ति ११ करोड लिटर मात्र

Sunday, 11 December 2011

/ by Bikash Shah (Ghayal)
काठमाडौं, मङ्सिर २५- हिउँद सुरु हुनासाथ काठमाडौं उपत्यकामा खानेपानीको स्रोत घट्न थालेको छ। वर्षेनी उपभोक्ता थपिँदै गए पनि स्रोत थप्न नसक्दा अहिले नै मागको एक तिहाइमात्र खानेपानी आपूर्ति गरिरहेको उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले जनाएको छ।
अघिल्ला वर्षमा हिउँदमा १४ करोड लिटर खानेपानी आपूर्ति गर्दै आए पनि यसपाला हिउँदै सुरु नहुँदै आपूर्ति ११ करोड लिटर मात्र छ।

'वर्षेनी ६ हजारभन्दा बढी धारा थपिन्छन्,' केयुकेएलका वितरण तथा प्राविधिक महाशाखाका प्रमुख तिलकमोहन भण्डारीले भने, 'पानीको स्रोत बढ्नु साटो झनै मुहान सुक्दै गएकाले स्रोत घट्दो छ।'

उनका अनुसार उपत्यकाका बालाजु, सुन्दरीजल, शिवपुरी, विष्णुमतीलगायत मुहानमा पानी घटेको छ। अहिले उपत्यकामा दैनिक पाँच वर्ष पहिले उपत्यकामा दैनिक २८ करोड लिटर खानेपानीको माग रहेकोमा अहिले त्यो बढेर झण्डै ३३ करोड पुगेको छ। तर आपुर्ती भने बर्षादमा १६ र हिउँदमा १४ करोडसम्मको आपुर्ती घटेर बर्षादमा १५ र हिउँद सुरु भैनसक्दै ११ मा झरिसकेको छ। यसरीनै पानीको स्रोत घटदै जाने हो भने चैत बैशाखमा ७-८ करोडमा झर्न पनि सक्छ।

खानेपानीका स्रोत बढाउन नसकिरहेका बेला भएको स्रोतसमेत सुक्न थालेपछि खानेपानी आपूर्ति गर्ने समय अन्तराल अझै लब्याउने तयारी केयुकेएलले गरिरहेको छ।

'लोडसेडिङ बुद्धी संगै मुहान सुक्दै गएपछि अहिले खानेपानीको आपुर्तीमा प्रभाव पर्न थालिसकेको छ,' भण्डारीले भने 'हिउँद सुरु नहुँदै यसरी मुहान सुक्न थालेपछि महिनादिन भित्रैमा अव हप्तामा एकदिनमात्रै उपभोक्ताको धारामा पानी खसाल्नुपर्ने बाध्यतामा पुगिसकेका छौं।' उनले गत बर्षहरुको तुलनामा दुई महिना पहिल्यै पानीको स्रोत घटन थालिसकेको बताए।

केयुकेयल प्रवक्ता सुरेश आचार्यका अनुसार झण्डै सय बर्ष अघिका राणाकालिन संरचनाले अझै काम चलाइराख्नुपर्ने भएकाले पनि पानीको समस्या झनै थपिदै गएको हो।

'राणाकालीन समयमा जडित पाइपबाट नै अहिले उपभोक्ताको धारामा पानी खस्छ,' प्रवक्ता आचार्यले भने 'जनसंख्या बढ्यो, समय धेरै गुज्रियो त्यही अनुसार पाइपलाइन निर्माण हुन नसकेकाले चुहावट बढेको छ।' उनका अनुसार सरकारले पर्याप्त बजेटको व्यवस्था नगर्ने र उपभोक्ताले करोडौं बक्यौता बाँकी राखेपछि बर्षैपिच्छे गरिने टुक्रेमर्मतले काम गर्न सकेको छैन। उनले पुरानो संरचनाबाट पानी पठाउने र चोरी धारा जडान गर्ने समस्याका कारण झण्डै ४० प्रतिशत पिउने पानी चुहावट भएको बताए। हाल केयुकेयलले २३ मुहान र ६४ वटा डिप ट्युवेलबाट खानेपानी आपूर्ति गर्दै आइरहेको छ।

खानेपानीमा काम गर्दै आइरहेका कर्मचारीका अनुसार केयुकेयल र सरकारी निकायका उच्च व्यक्तिको दवावमा हाल काठमाडौंमा झण्डै १० हजार अवैध धारा जडान भएका छन्।
'पानीको स्रोतमा कमी भैरहेको र धारामा पानी आउने समयसीमा झनै लम्विरहेका वेला अवैध धाराको जडान झनै बढछ,' ति कर्मचारीले भने यसरीनै अवैध धारा जडान गर्ने क्रम बढदै जाने हो भने हप्तामा एकदिन होइन समयसीमा महिनामा दुई दिन मात्रै धारामा पानी खस्न सक्छ।'

कमजोर व्यवस्थापनका कारण झण्डै एक अर्व भन्दा बढी बक्यौता रहेको केयुकेयल माओवादी नेतृ हिसिला यमीले आफ्नी दिदी तिमिला यमीलाई अध्यक्ष बनाउन दबाब दिएकै कारण बैशाख यता नेतृत्वविहीन छ।

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI