Responsive Ad Slot

Latest

latest

एसीसी ट्वान्टी-ट्वान्टी कप क्रिकेट- नेपाल सेमिफाइनलमा

Thursday, 8 December 2011

/ by Bikash Shah (Ghayal)
काठमाडौ, मंसिर २२ - नेपाल एसीसी ट्वान्टी-ट्वान्टी कप क्रिकेटको सेमिफाइनलमा विहीबार प्रवेश गरेको छ । जितसँगै नेपालले सन् २०१२ को मार्चमा हुने ट्वान्टी-ट्वान्टी विश्वकप २०१२ को छनोटमा सहभागिता जनाउन पाउने छ ।

भाग्य र साउदी अरेवियाको उत्कृष्ठ प्रदर्शन नेपालको अन्तिम चारको यात्रामा महत्वपुर्ण बने । किर्तिपुर मैदानमा भएको खेलमा साउदी अरेवियाले युनाइटेड अरव इमिरेट्सविरुद्ध उत्कृष्ट प्रदर्शन गरेपछि नेपालको अन्तिम चारको यात्रा संभव भएको हो । कठिन मानिएको समूह'बी'मा हङकङ र नेपालले चार खेलमा तीन जित हात पारे पनि हङ्कङ नेटरन रेटको आधारमा शीर्ष स्थानमा रहेको छ । नेपाल दोस्रो स्थानमा छ ।

विहीबार युएईले साउदी अरवलाई ५३ रनले पराजित गरेर हङकङ र नेपालसँग समान ६ अंक जोडेपनि नेटरन रेटको आधारमा तेस्रो स्थानमा रह्यो । यदि युएईले साउदीअरवलाई ९७ रन भन्दा कममा समेटेको भए नेपाल नेटरनरेटको आधारमा तेस्रो हुदै प्रतियोगिताबाट बाहिरिने थियो ।

तर, युएईले दिएको १७९ रनको लक्ष्य पुरा गर्न लागेको साउदी अरेवियाले उत्कृष्ठ प्रदर्शन गर्दै १९ ओभर २ बलमा अलआउट हुदै १सय १५ रन बनायो । नेटरन रेटमा अघि रहन युएईले साउदीविरुद्ध ६५ देखि ७५ रनको अन्तरले जित हात पार्नु पर्ने थियो ।

साउदीकालागि हमाद साहिदले महत्वपुर्ण ६३ रनको योगदान दिए । अव हङकङ र नेपाल अन्तिमचारमा पुगे । युएई, कुवेत र साउदीअरेविया प्रतियोगिताबाट बाहिरिएका छन् । अर्को खेलमा ओमानले माल्दिभ्समाथि ५४ रनको जितहात पार्दै अन्तिम चारको स्थान पक्का पारेको छ ।

जितसँगै नेपालले सन् २०१२ को मार्चमा हुने ट्वान्टी-ट्वान्टी विश्वकप २०१२ को छनोटमा सहभागिता जनाउन पाउने छ । एसीयाली क्षेत्रका एसोसिएटस राष्ट्रमध्य अफगानिस्तान बाहेक अन्य तिन राष्ट्रले छनोट खेल्न पाउने छन् ।अफगानिस्तानले वान-डे मान्यता पाएको कारण स्वत छनोट खेल्न पाउने छ । अव फाइनल प्रवेशका लागि नेपालले समूह 'ए' विजेता अफगानिस्तानको सामना गर्ने छ । साप च्याम्पियनसिप फुटबलमा पनि फाइनल प्रवेशकालागि नेपालले अफगानिस्ताननै प्रतिद्धन्दी पाएको छ ।

समूह ए मा अफगानिस्तान पहिलो र ओमान दोस्रो स्थानमा रहे भने मलेसया,माल्दिभ्स र भुटान प्रतियोगिताबाट बाहिरिए ।



समूह'बी' अंक तालिका



टिम खेल जित हार अंक नेट रनरेट

हङकङ ४ ३ १ ६ १.२२८

नेपाल ४ ३ १ ६ १.०६१

युएई ४ ३ १ ६ ०.८३२

कुवेत ४ १ ३ २ -०.०५४

साउदी अरेबिया ४ ० ४ ० -३.०७५

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI