Responsive Ad Slot

Latest

latest

बिरामीको मृत्युपछि अस्पतालमा तोडफोड

Thursday, 8 December 2011

/ by Bikash Shah (Ghayal)
दोलखा, मंसिर २२ - छतबाट लडेर घाइते भएका बिरामीको राम्रो उपचार नभएका कारण मृत्यु भएको भन्दै मृतकका आफन्तले चरिकोटस्थित च्छो रोल्पा जनरल अस्पतालमा तोडफोड सुरु गरेपछि तनाव उत्पन्न भएको छ । उक्त अस्पताल निजी स्तरमा संचालित छ ।

बुधबार राति १० बजे चार तल्लामाथिबाट लडेर गम्भीर घाइते भएका चरिकोटका २३ वर्षीय पासाङ शेर्पालाई उनका आफन्तले राति अस्पतालमा ल्याएका थिए । अस्पतालले बिहान ८ बजे काठमाडौंका लागि रेफर गरेको र बाटोमा शेर्पाको मृत्यु भएको थियो ।

मृतकका आफन्तले राति पनि कुनै डाक्टर नआएको र रेफर गर्न ढिलाई भएका कारण अस्पतालको लापरवाहीले घाइतेको मृत्यु भएको आरोप लगाएका छन् । आक्रोशित आफन्तले शुक्रबार अस्पतालको आकस्मिक कक्ष,डाक्टर बस्ने कोठा,फार्मेसी, एम्बुलेन्स लगायतमा तोडफोड गरेको छ । मृतकको शव एम्बुलेन्समै राखेर आफन्त जनले प्रदर्शन र तोडफोड गरिरहेका छन् । अस्पताल क्षेत्रमा प्रहरीको उपस्थिति बढाइएको छ ।

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI