Responsive Ad Slot

Latest

latest

४ दिनदेखि रुकुम अँध्यारोमा, फोनसेवा पनि अवरुद्ध

Friday, 2 December 2011

/ by Bikash Shah (Ghayal)
मंसिर १७- बुधबारदेखि अवरुद्ध भएको रुकुमको विद्युत सेवा सुचारु हुन सकिरहेको छैन्। बाँफीकोटस्थित पावर हाउसको नहर मर्मत गर्नुपर्ने भएकोले आपूर्ति बन्द गरिएको हो। वन्द भएको विद्युत सेवा आइतवारदेखि मात्र सुचारु हुने रुकुमेली विद्युत उर्जा विकास समितिले जनाएको छ। नहर मर्मतमा सिमेन्टीको प्लाष्टर गरेकोले ढिला भएको हो।


विद्युत सेवा नहुँदा रुकुममा सञ्चालित २ वटा एफएम रेडियोहरु सिस्ने र सानीभेरी प्रभावित भएका छन्। विद्युतको वैकल्पिक ब्यवस्था नहुँदा रेडियोहरु बन्द गर्नुपरेको सञ्चालकहरुको गुनासो छ। विद्युत नआउँदा जिल्ला अस्पतालका विरामीहरुलाई सवैभन्दा वढि मार परेको छ। बिरामीहरुलाई अक्सिजन दिन समस्या हुने गरको छ। अस्पतालमा एक्सरे तथा ल्याव परिक्षण नहुँदा विरामीको उपचारमा कठिनाई भइरहेको जिल्ला अस्पतालले जनाएको छ। स्थानीय स्तरमा सञ्चालित कलकारखाना, उद्योग धन्दा समेत मारमा परेका छन्। विद्युत सेवा नहुँदा सदरमुकाम खलंगा, वाँफीकोट, छिवाङ्ग, पिपल, पोखरा र रुकुमकोट गाविसका उपभोक्ताहरु सेवावाट वञ्चित हुँदै आएका छन्।

यसै विच रुकुमको सम्पूर्ण फोन सेवा अवरुद्ध भएको छ। लगातार विद्युत अवरुद्ध हुँदा नेपाल टेलिकमको ब्याट्री जार्च नहुँदा अवरुद्ध भएको टेलिकमले जनाएको छ। जिल्लामा सञ्चालित ल्याण्डलाइन, नमस्ते र प्राइभेट कम्पनीका हेलो नेपाल र एनसेलको फोन समेत अवरुद्ध भएको हो। ल्याण्डलाइन नहुँदा इमेल इन्टरनेट सेवा समेत वन्द हुन पुगेको छ। टेलिफोन लगायत रेडियो, विद्युत सेवा वन्द हुँदा रुकुमेली सर्वसधारण नागरिकहरु अन्योलमा परेका छन्।

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI