काठमाडौं, पुस ७ सगरमाथामा २१ पटक पाइला राखिसकेका किर्तिमानी आरोही आप्पा शेर्पा एक सहकर्मीसहित सर्वाधिक लामो पदयात्रामा चार महिना लगातार हिँड्दैछन्।
माघ एक गते यात्रा थाल्ने यो हिमजोडी बीस हिमाली जिल्ला हुँदै अघि बढ्नेछ। ...द ग्रेट हिमालय ट्रेल' नामक १७ सय किमि लामो पदमार्गमा आप्पाका साथी हुनेछन् दावा स्टेभन शेर्पा। दावा पनि दुई पटक सगरमाथा चढिसकेका छन्। लक्ष्य एकसय २० दिनको छ।
ताप्लेजुङको घुन्साबाट थालिने यात्रा वैशाख ३१ गते दार्चुलामा समापन हुने यात्रा विश्वको पहिलो रोमाञ्चक हिमाली यात्रा हुने सरकारका मुख्यसचिव माधवप्रसाद घिमिरेले बताए। कालापत्थरमा मन्त्रिपरिषद् बैठकपछि फेरि विश्वको ध्यान खिच्न 'क्लाइमेट स्मार्ट सेलिब्रिटी ट्रेक' नामक यात्रा थालिने भएको हो।
सरकार र दातृ निकायको सहयोगमा हिमालयन क्लाइमेट इनिसियटिभले आयोजना गरेको यात्राको उद्देश्य जलवायु परिवर्तनले संकटमा परेका हिमालतिर संसारको चासो बढाउनु हो।
इनिसियटिभका प्रमुख कार्यकारी अधिकृत प्रशान्त सिंहका अनुसार सेलिब्रिटी ट्रेकले ग्रेट हिमालय ट्रेलको विश्वव्यापी प्रचार गर्नेछ। सरकारले अभियानलाई पूर्णरुपमा सघाउने घिमिरेले वचन दिए। नेपाल पर्यटन बोर्डमा बुधबार दावा स्टेभन शेर्पाले आफुले सगरमाथा चढे जस्तै यात्राअघि रोमाञ्चकता महशुस गरिरहेको बताए।
आप्पाले अमेरिकाबाट सन्देश पठाएका छन्, 'द हिमालय ट्रेल विश्वकै सबैभन्दा लामो र मनोरम पथ हो जहाँ विश्वका दसमध्ये आठ चुचुरा पर्छन्।' उनले यात्रामा सरिक हुन सबैलाई आह्वान गरेका छन्
Subscribe to:
Post Comments (Atom)
No comments
Post a Comment