Responsive Ad Slot

Latest

latest

डाँकाद्वारा एकको हत्या, लाखौंको लुटपाट

Wednesday, 21 December 2011

/ by Bikash Shah (Ghayal)
dakaiti

सिरहा, पुस ७ - हतियारधारी डाकाहरुको एक समूहले बेल्हा ३ स्थित चार घरमा १० लाख बढी मूल्य बराबरको लुटपाट गरेको छ । डाँका समूहले स्थानीय एक युवाको हत्या समेत गरेको छ । अन्य ६ जना घाइते छन् ।

बेल्हा ३ का रघुनाथ साहका १५ वर्षीय छोरा सुरेश साहको डाँकाले चलाएको गोली लागेर मृत्यु भएको छ । टाउकोमा गोली लागि घाइते भएपछि उपचारका लागि सिरहा ल्याउने क्रममा साहको मृत्यु भएको छ ।

सोही ठाउका शिवनाथ साह, उनका पत्नी सुनिता साह, जोगिन्द्र साहको छोरा प्रमोद साह, छोरी गितादेवी साह, गिताकी १२ बर्षीया छोरी चान्दनी साह र ७ वर्षीय छोरा चन्दन साह गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । डाँकाले प्रहार गरेको धारिलो हतियार र बमको छर्रा ले उनीहरु घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको छ ।

बुधबार राति २ वजेको समयमा ७/८ जनाको समूहमा आएका हतियारधारी डाँकाहरुले जोगिन्द्र साहको घरको ढोका फुटाएर उनको चार भाइको घरमा दुई घण्टासम्म डकैति गरेको पिडितहरुले बताए । स्थानीय गाउँलेहरुले डाँकासंग एक घण्टासम्म प्रतिकार रहदा पनि २ सय मिटरको दुरीमा मात्र रहेको प्रहरी चौकीबाट प्रहरी घटना स्थलमा पुगेन ।

यसैबीच, आक्रोशित स्थानीयबासीले प्रहरी चौकी बेलहा अगाडी टायर बालेर प्रदर्शन गरेका छन् । आक्रोशित भिडले प्रहरी चौकीमा आक्रमण गरी आगो लगाउने प्रयास गरेपछि प्रहरीले आधा दर्जन हवाई फायर गरेको छ भने सो ठाउको अबस्था तनाबग्रस्थ बनेको छ ।

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI