मंसिर १९ - नेपाली काँग्रेसका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अबको राष्ट्रिय सरकारको नेतृत्व आफूले गर्ने बताएका छन्। केही दिनमै काँग्रेस नेतृत्वमा राष्ट्रिय सरकार बन्ने बताउँदै नेता देउवाले त्यसको नेतृत्व आफूले गर्ने दाबी गरेका हुन्।
नेपाल प्रेस युनियन बैतडीद्वारा आज बिहान पाटनमा आयोजित पत्रकारसम्मेलनमा बोल्दै नेता देउवाले काँग्रेस केन्द्रीय समितिको बैठकले यसअघि नै राष्ट्रिय सहमतिको सरकार आफ्नो नेतृत्वमा बनाउने निर्णय गरिसकेको उल्लेख गरे।
उनले काँग्रेस नेतृत्वकै सरकारले शान्ति र संविधान निर्माण प्रक्रियालाई निष्कर्षमा पुर्याउने जिकिर गरे।
पार्टी विवादका विषयमा सञ्चारकर्मीको जिज्ञासामा नेता देउवाले सबैलाई मिलाएर लैजाने जिम्मेवारी सभापति सुशील कोइरालाको रहेको बताए।
Subscribe to:
Post Comments (Atom)
No comments
Post a Comment