Responsive Ad Slot

Latest

latest

लोकतान्त्रिक संविधान अहिलेको आवश्यकताः राष्ट्रपति यादव

Friday, 27 January 2012

/ by Bikash Shah (Ghayal)
rambaran yadav
धादिङ, माघ १३ - राष्ट्रपति डा. रामवरण यादवले लोकतान्त्रिक संविधान अहिलेको आवश्यकता भएको बताएका छन् । राष्ट्रपति यादवले देशको अहिलेको आवश्यकता र जनचाहना पनि लोकतान्त्रिक संविधान जारी होस् भन्ने रहेकाले सोही अनुसार अगाडि बढ्न सबै राजनीतिक दलका नेताहरुलाई आग्रह गरे ।

शुक्रबार धादिङको बैरेनीमा रहेको बागेश्वरी उच्च मा.विको स्वर्ण महोत्सवको उद्घाटन गर्दै यादवले ठूलो संघर्षबाट प्राप्त भएको लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै अगाडि बढ्न र नेपाली जनताले के चाहेका छन् भन्ने कुराको महसुस गर्दै जनचाहना अनुसार राष्ट्रलाई स्थायित्व दिन पनि सुझाव दिएका छन् ।

देशमा बढ्दै गएको वनजंगल फडानीप्रति आफूलाई चिन्ता लागेको बताउँदै राष्ट्रपति यादवले चुरे क्षेत्रको वन विनास बचाउन नसके अबको २०/३० वर्षपछि मरुभूमिमा परिणत हुने खतरा रहेको बताए । उनले यस्तो कार्य रोक्नका लागि सबै दल मिल्नुपर्ने आवश्यकता रहेको बताउँदै नेपालबाट वैदेशिक रोजगारीमा गएका युवाशक्तिले विदेशमा गरेको परिश्रमले आफ्नो आत्मा निकै पोलेको बताए ।

राष्ट्रपतिले लोकतान्त्रिक गणतन्त्र अझै सक्षम बनाउन एवं नागरिकलाई गुणस्तरीय जीवन जीउन सक्ने अवस्थामा पुर्‍याउनका लागि पनि शिक्षाको ठुलो योगदान रहने भएकाले बागेश्वरी उच्च मावि बैरेनी आगामी दिनमा अझै नमुना बन्न सोकोस भनी शुभकामना दिए ।

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI