धादिङमा एक जना प्रहरी जवानले आत्महत्या गरेका छन् । धादिङ जिल्लाको झर्लाङ-३ का ३२ वर्षीय प्रहरी जवान दलबहादुर तामाङले नीलकण्ठ ५ स्थित नीलकण्ठ क्याम्पसको हाताभित्र झुन्डिएर आत्महत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरिक्षक चन्द्रसिंह तामाङले सिन्धुपाल्चोकको चौतारामा प्रहरी जवानका रुपमा कार्यरत तामाङ परिवारलाई भेट्न धादिङ आएको बेला क्याम्पसको हाताभित्रको आँपको रुखमा नाइलनको डोरीको पासो लगाई झुन्डिएर आत्महत्या गरेको जानकारी दिनुभयो ।
पोष्टमार्टम र भिसेराको प्रतिवेदन आएपछि मात्र आत्महत्याबारे मृत्युको कारण खुल्ने प्रहरी जनाएको छ । तामाङ धादिङको धादिङवेसीमा कान्छी श्रीमती डेरा गरी बसेकाले उनैलाई र आफ्ना तीन जना छोरालाई भेट््न आएका भएपनि आत्महत्याको कारण भने अझै पनि खुल्न सकेको छैन् ।
Subscribe to:
Post Comments (Atom)
No comments
Post a Comment