Responsive Ad Slot

Latest

latest

हतियारधारी समूहद्वारा लाखौको डकैती I

महोत्तरी जिल्लाको सिंग्याहीमा गएराती अज्ञात हतियारधारी समूहले लाखौको डकैती गरेको छ। जिल्लाको सिंग्याही-६ बस्ने रामानन्द यादवको घरबाट हतियारधारी डाकाको समूहले डकैती गरेको हो। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक केदार खनालका अनुसार सशस्त्र डाकाको समूहले यादवको घरबाट नगद, सुनचाँदी, जिन्सीसहित दुई लाख पचहत्तर हजार भन्दा बढीको धनमाल लुटपाट गरेको छ। डाकाहरुले परिवारजनलाई नियन्त्रणमा लिँदै सो लुटपाट मच्चाएको पीडित परिवारजनले जनाएका छन्। दुई दिन अगाडि मत्रै महोत्तरीमा गाउँलेहरुले दुई डाकाहरुलाई मारेका थिए।

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI