
धनगढी, माघ १७ - एमालेका अध्यक्ष झलनाथ खनालले कानुन र संबिधान अनुसार काम नगर्ने सरकारले प्रेसलाई कुण्ठित गर्ने काम गरेको बताएका छन् ।
मंगलवार बिहान धनगढीमा आयोजित पत्रकार सम्मेलनमा असंबैधानिक र कानुन बिपरित काम गर्ने सरकारले जनतामा सूचना जानबाट रोक्न प्रेस लाई कुण्ठित गर्ने गरेको उनको आरोप थियो ।
खनालले सत्तामा बसेकाले गर्ने गरेका कानुनबिपरित कामको बिपक्षमा जाने जनमतबाट आतंकित हुने डरले प्रेसलाई रोक्ने प्रयास गर्ने बताए । पत्रकार महासंघले प्रेस स्वतन्त्रताका लागि शुरु गरेको संघर्ष अभियानमा एमालेको साहनुभति रहेकोसमेत उनको भनाई थियो ।
कानुन र संबिधान बिपरित सरकारले कथितजनसत्ताले घरजग्गा सम्वन्धि गरेका निर्णयलाई बैधानिकता दिने मन्त्री परिषदले गरेको निर्णय फिर्ता नलिएसम्म संसद अवरुध भई राख्ने समेत उनले बताए । भने, 'यसलाई सरकारले गरेको अवरुध मान्नु पर्छ ।’
७ बुँदे र ६ बुँदे सहमतिलाई माओवादीले कार्यन्वयन नगरेको कारण शान्ति र संबिधान निर्माणको प्रकृया ढिलाई भईरहेको बताए । उनले जेठ १४ मा संविधान नबने मुलुकको स्थिति असहज बन्ने पनि बताए । राष्ट्र र माओवादी कै लागि पनि संबिधान बनाउनुको अर्को बिकल्प नभएको उनको भनाई थियो ।
चार बुँदे घोडामा चडेको सरकारले राष्ट्रिय नेतृत्वको रुप लिन नसक्ने दावी गर्दै खनालले अरु कसैको नेतृत्वमा पनि राष्ट्रिय सरकार बन्न सक्ने बताए । उनले जातीय र समुदायको अधारमा प्रदेश निर्माणका पक्षमा एमाले नरहेको समेत बताए । सुदूरपश्चिम खण्डित नभई अझै ठुलो हुन सक्ने उनको भनाई थियो ।
No comments
Post a Comment