Responsive Ad Slot

Latest

latest

सूचनाको बन्देज ऐन अनुसार नै : प्रधानमन्त्री भट्टराई

Monday, 30 January 2012

/ by Bikash Shah (Ghayal)
Baburam Bhattarai
काठमाडौ, माघ १७ - प्रधानमन्त्री डा‌. बाबुराम भट्टराईले सूचनाको हक सम्बन्धी ऐनकै आधारमा सूचनाको बन्देज सम्बन्धी निर्णय गरिएको जनाएको छ । साथै उनले पत्रकारहरु तरंगित हुनु पर्ने अवस्था नभएकोसमेत बताए ।

नगरकोट–नाल्दुम उत्सवको उद्‌घाटन गर्ने क्रममा कालोपट्टी बाधेर समाचार संकलन गरिरहेका पत्रकार देखेपछि उनले मंगलबार भने, 'पत्रकार साथीहरु केही दिन देखि अत्तलिएका छन् । तरंकित हुनुपर्ने अवस्था छैन । सूचना हक २०६४ लाई कुण्ठित हुने काम भएको छैन ।'

उनले ऐन अनुसार नै राष्ट्रिय सुरक्षाको दृष्ट्रिकोणले केही बन्देज गर्न खोजिएको हो बताए । 'यो जुन देशमा पनि हुन्छ' उनले भने ।

साथै निर्णय गराउनुमा सरकारको राजनीतिक नेतृत्वको कुनै हात नभएको समेत स्पष्ट पारे । सरकार र विशेष गरेर सरकारको नेतृत्व गरिरहेको माओवादीलाई दोष लागेपछि उनले मुख्य सचिवको संयोजकत्वमा कमिटी बनेको र त्यसैको सिफारिसमा निर्णय भएको पनि बताए ।

'म पनि पत्रकारिताको पृष्ठभूमीबाट आएको हो । जनताको सूचना लुकाउने कुनै मनसाय छैन । ऐनको प्रावधान अनुसार भएको हो' उनले भने । उनले पत्रकारहरुलाई ऐन हेरेर त्रुटी औल्याउन पनि भने । साँच्चि नै त्रुटी भएको भए सच्याउन सकिने बताए ।

'पत्रकार महासंघ र मेरो दिउँसो भेटघाट पनि छ । पत्रकारको माग पुरा गर्न सरकार तयार छ । तरंगित नबन्न आग‍ह गर्दछु' उनले भने ।

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI