Responsive Ad Slot

Latest

latest

डल्लुमा ग्यास लुट्ने प्रयास विफल, भक्तपुरमा विद्यार्थीद्वारा छापा

Wednesday, 1 February 2012

/ by Bikash Shah (Ghayal)
काठमाडौं, माघ १९ - राजधानीको डल्लु पुलमा स्थानीयहरुले ग्यास बोकेर आएको ट्रक रोकी भक्तपुरमा झै 'लुट्ने' प्रयास गरेपछि प्रहरीले उनीहरुको प्रयास विफल बनाएको छ। बजारमा ग्यासको चरम अभाव भएपछि ग्यास ओसार्ने गाडीहरु असुरक्षित हुन थालेका छन्।


ग्यास बोकेका गाडीलाई सुरक्षा दिनुपर्ने अवस्था आएको महानगरीय प्रहरी परिसरका प्रवक्ता धिरजप्रताप सिंहले बताए। उनले डल्लुमा स्थानीयको अवरोध हटाएर ग्यासको गाडीलाई सुरक्षित रुपमा पठाइएको जानकारी दिए।

यसैगरी भक्तपुरबाट रोशन सिल्पकारले जनाएअनुसार विद्यार्थी संगठनहरुले भक्तपुरका विभिन्न स्थानमा छापा मार्ने तयारीमा जुटेका छन्। उनीहरुले ग्यास लुकाएको हुनसक्ने स्थान पहिचान गरी छापा मारिने बताएका छन्।

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI