Responsive Ad Slot

Latest

latest

'प्रधान मन्त्री भट्टराईको भनाई तोडमरोड गरेर मिडियामा आयो'

Wednesday, 1 February 2012

/ by Bikash Shah (Ghayal)
काठमाडौं, माघ १९ प्रधान मन्त्री बाबुराम भट्टराईले बोलेका तथ्यलाई पत्रकारले तोडमरोड गरेको आरोप उनका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले लगाएका छन्। भट्टराईले 'नेपाल भारत या चीनमा 'मर्ज' हुनसक्ने' भन्ने कतै पनि नबोलेको पौडेलले विज्ञप्‍ती मार्फत् जानकारी गराएका छन्।


'भट्टराईले २०६८ माघ १ गते केही संचारमर्कीहरुसंगको अनौपचारिक कुराकानीमा दिनुभएको अभिव्यक्तिमध्ये 'सवमर्ज' भन्ने शव्दलाई केवल 'मर्ज' भन्ने आधा शव्दलाई मात्र टिपेर केही सञ्चार माध्यमहरुले समाचार बनाए,' पौडेलद्वारा जारी विज्ञप्‍तीमा भनिएको छ, 'सत्य-तथ्य नै पत्ता नलगाई सडकदेखि सदनसम्म सबैतिर प्रधानमन्त्रीको भनाई 'राष्ट्रघाती' भएको भन्दै प्रधानमन्त्रीले माफि माग्नु पर्ने कुरा उठाइरहेका छन्।'

विज्ञप्‍तीमा उनले छिमेकी राष्ट्र चीन र भारतले दोहोरो अंकको आर्थिक वृद्धिदर सहित छालमय गतिमा अगाडि बढिरहेको उल्लेख गर्दै प्रधान मन्त्रीले राष्ट्रसंघको ६६ औं महासभालाई संवोधन गर्ने क्रममा, सार्क शिखर सम्मेलनलाई सम्बोधन गर्दा पनि 'नेपाललाई दुई ठूला देश चीन र भारतको अर्थतन्त्रको पुल बनाउनुपर्छ,' भनेको उल्लेख गरेका छन्।

आर्थिक रुपमा नेपाल पछि पर्ने र अन्ततः तीव्रगतिले छाल झैं विकसित चीन र भारतको अर्थतन्त्रमा नेपाली अर्थतन्त्र 'सवमर्ज'(डुब्ने) खतरा दिनानुदिन बढ्दै गइरहेको प्रधान मन्त्रीले बताएको उनले दावी गरेका छन्।

'उहाँले बोल्नु भएको 'सवमर्ज' भन्ने शव्दलाई केही सञ्चार माध्यामहरुले असावधानीवश वा नियतवश 'मर्ज' मात्रै भन्नुभएको भनेर अर्थको अनर्थ लाग्ने गरी प्रचार गर्ने काम भयो,' विज्ञप्‍तीमा भनिएको छ, 'यस प्रचारबाट सम्पूर्ण देशभक्त, राष्ट्रवादी जनसमुदायमा पर्न गएको भ्रम र त्यसबाट सिर्जित अविश्वासप्रति दुःख व्यक्त गर्दै कोही पनि भ्रमित र आशंकित नहुन आग्रह गर्दछु। साथै, आम सञ्चारकर्मी साथीहरुलाई सत्य बुझेर तथ्यका आधारमा समाचार वा विचार सम्प्रेषण गरिदिनु हुन अनुरोध गर्दछु।'

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI