धादिङ माघ १९ - पृथ्वी राजमार्ग अन्तर्गत धादिङको पिडा गाविस वडा न. १ बेल्खुमा बिहीबार बिहान ट्रक र बस एक आपसमा ठोक्किँदा २० जना घाइते भएका छन्।
काठमाडौबाट कटारीतर्फ जाँदै गरेका ना ४ ख ४५७२ न. को यात्रुबहाक बस र काठमाडौंतर्फ आउँदै गरेको ना ३ ख ६१२४ नं को ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय गजुरीले जनाएको छ।
घाइतेभएका मध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ भने बाँकी १४ जनाको स्थानीय स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको स्थानीयबासीले जानकारी दिएका छन्।
गम्भीर घाइते भएका ६ जनालाई प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं लगिएको प्रहरीले जनाएको छ।
Subscribe to:
Post Comments (Atom)
No comments
Post a Comment