Responsive Ad Slot

Latest

latest

Brexit

Brexit

Football

Football

America

America

Tech

tech

Games

games

VIDEO

Videos

News By Picture

pictures

अनेसास इजरायलको बनभोज कार्यक्रम सम्पन्न, कल्पना भावुकको स्मृतिका पानाहरूको बिमोचन I

No comments



खबरसाइट

प्रवासमा रही नेपाली साहित्यको प्रवर्धनका लागि लागि परिरहेको बिशुद्ध साहित्यिक सस्था अन्तर्राष्ट्रिय नेपालि साहित्य समाज इजरायल च्याप्टरले यही जुन २ तारिख शनिबार, इजरायलको तेल अभिभमा एक वृहद साहित्यिक बनभोज तथा पुस्तक विमोचन कार्यक्रम सम्पन्न गरेको छ । इजरायलका लागि नव नियुक्त राजदुत प्रल्हाद कुमार प्रसाई प्रमुख अथिति रहनु भएको सो कार्यक्रममा नेपाली दुताबास इजरायलका उपनियोग प्रमुख रमेश प्रसाद खनाल, संयुक्त राष्ट्रसंघका वरिष्ठ चिकिस्तक तथा अनेसास इजरायलका सल्लाहकार डा.धु्ब कोईराला, अनेसास केन्द्रिय सचिव हरि मानन्धरका साथै अनेसास इजरायल च्याप्टरका अर्का सल्लाहकार तथा स्थानीय समाजसेवी कृष्ण ज्ञवालीको आतिथ्य रहेको थियो ।

नेपाली राष्ट्रिय गान सँगै प्रारम्भ भएको सो कार्यक्रममा अनेसासका तर्फबाट महामहिम राजदुतलाई स्वागत गरिएको थियो । उपस्थित अतिति तथा सहभागीहरुलाई अनेसास इजरायलका भगवती वस्नेतले स्वागत मन्तव्य राख्नुका साथै अनेसासका उपाध्यक्ष कुमार पौडेलले अनेसास इजरायलकाबारे प्रकाश पार्नु भएको थियो । इजरायलमा रहेर साहित्य श्रृजना गर्दै आउनु भएकी श्रष्टा कल्पना भावुकको पहिलो मुक्तक सङ्ग्रह स्मृतीका पानाहरु प्रमुख अतिथि महामहिम राजदुत प्रसाई र उपनियोग प्रमुख खनालको बाहुलीबाट एकसाथ बिमोचन गरिएको थियो । इजरायलबाट प्रकाशित पुस्तकहरुमा यो संग्रह दशौँ रहेको छ । पुस्तकका बारेमा अनेसासकी कार्यकारी सदस्य साहित्यकार सुमित्रा पौडेल र कोषाध्यक्ष सुमन कार्कीले प्रकाश पार्नु भएको थियो भने आफ्नै पुस्तक विमोचनमा आफै उपस्थित हुन् नसक्नु भएकी श्रष्टा कल्पना भावुकले टेलिफोन मार्फत सम्बोधन गर्नु भएको थियो ।

कार्यक्रममा शुभकामना व्यक्त गर्नु हुदै महामहिम राजदुत प्रसाईले आफु पनि कुना समयमा यो संस्थासंग आवद्ध रहेको जानकारी दिदै नेपाली साहित्यको उत्थानमा आफु पनि सधै लागि परेको हुदाँ इजरायलमा पनि साहित्यको विकास लागि आफुले सक्दो सहयोग उपलब्ध गराउने जानकारी दिनु भयो । यसै क्रममा अर्का अतिथि उपनियोग प्रमुख रमेश प्रसाद खनालले नेपाली कला, संस्कृति र साहित्यको उन्नतिका लागि आफु सधै सहयोगी भएको भन्दै इजरायलमा यसका निम्ति लागि परेको सस्था अनेसास इजरायललाई धन्यवाद दिनु भयो । यसै गरी अर्का अतिथि संयुक्त राष्ट्रसंघका डा. ध्रुव कोइरालाले पनि साहित्य र संचारमा इजरायलको डायोस्पोराले उल्लेख्य प्रगति गरेको उल्लेख गर्दै नेपाली समुदायको हितका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।

अनेसास इजरायल च्याप्टरका अध्यक्ष तथा कथाकार कृष्णपक्षको सभापतित्वमा सम्पन्न सो कार्यक्रम अनेसास इजरायल च्याप्टरकी सचिव तथा साहित्यकार दीप्स शाहले संचालन गर्नु भएको थियो । कार्यक्रम औपचारिक र अनौपचारिक गरी २ चरणमा सम्पन्न गरिएको थियो । पहिलो चरणको कार्यक्रम समापन गर्दै अनेसासका अध्यक्ष तथा कार्यक्रमका सभापति कृष्णपक्षले नेपाली भाषा र साहित्यको जगमा प्रवासबाट इँटा थप्नुहुने सम्पूर्ण साहित्यिक श्रष्टाहरु प्रति हार्दिक सम्मान गर्दै इजरायलमा नेपालीहरुको उपस्थिति थोरै भए पनि साहित्य, कला र संस्कृतिप्रतिको चेतना भने उच्च रहेको बताउनु भयो ।

खानपिनको क्रम सकिएपछि पुन साहित्यिक रचना वाचन र गीत संगीतको साथमा निकै उत्साहित र मनोरञ्जनात्मक वातावरणमा दोश्रो चरणको कार्यक्रम गरिएको थियो । सो कार्यक्रममा बिभिन्न श्रष्टाहरुले आ आफ्नो साहित्यिक रचना वाचन गर्नुका साथै गीत संगीत प्रस्तुत गरेका थिए ।

यसरी प्रस्तुति दिनेहरुमा गायक ओम प्रसाई, गोविन्द शिवाकोटी, भरत थापा 'असफल', लक्ष्मी पोखरेलका साथसाथै साहित्यिक रचना वाचन गर्नेहरुमा शारदा खरेल, समाश्री, विमला देवकोटा, सजना गुरुङ, भगवती कडेल, मिरा थापा, सुमित्रा पौडेल , निर्मला खड्का, सुर्य बस्यालका साथै कार्यक्रमका अतिथि नेपाली दुतावास इजरायलका उपनियोग प्रमुख श्री रमेश प्रसाद खनालले पनि आफ्नो रचना वाचन गर्नु भएको थियो । सबै सहभागीहरु खुलेर नाच गानमा सरिक हुनुभएको सो कार्यक्रम अत्यन्त हर्षोल्लासपूर्ण वातावरणमा सम्पन्न भएको थियो ।







४० विद्यालयमा नयाँ पुस्तकालय I

No comments

धादिङ, जेठ १४ । धादिङ जिल्लाका ४० विद्यालयमा पुस्तकालय स्थापना गरिने भएको छ । धादिङका विद्यालय प्रधानाध्यापकको लागि आयोजित एकदिने कार्यशालामा प्रयास नेपाल धादिङ र ती विद्यालयबीच विद्यालय पुस्तकालय कार्यक्रम सञ्चालन गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

सो कार्यक्रममा जिल्ला शिक्षा अधिकारी दीपेन्द्र सुवेदीले विद्यालयमा पुस्तकालयको व्यवस्थापन, महत्व र प्रयोगका बारेमा चर्चा गर्दै पुस्तकालय स्थापनाले बालबालिकाको शैक्षिक र बौद्धिक विकासमा सहयोग गर्ने विश्वास व्यक्त गरे । कार्यशालामा पुस्तकालयको व्यवस्थापन, प्रयोग तथा दिगोपनाका विषयमा रुम टु रिडका सहायक कार्यक्रम अधिकृत हरिराम भण्डारी, प्रयास नेपालका कार्यक्रम संयोजक रामप्रसाद रिजाल र कार्यकारी निर्देशक दामोदर अर्याललगायतले जानकारी गराएका थिए ।

प्रयास नेपाल धादिङ र रुम टु रिड नेपालको साझेदारीमा सञ्चालित पुस्तकालय कार्यक्रमअन्र्तगत विद्यालयमा एकहजार ६०० भन्दा बढी पुस्तकसहित शैक्षिक सामग्री र आवश्यक फर्निचर उपलब्ध गराइने प्रयास धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले बताए । नयाँ पुस्तकालय सहित संस्थाको सहयोगमा जिल्लामा १७८ सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना हुने संस्थाका कार्यक्रम संयोजक रामप्रसाद रिजालले जानकारी दिए ।

जनआन्दोलनका घाइतेलाई नागरिक सम्मान I

No comments

धादिङ । जेठ १७ गते
जनआन्दोलनको क्रममा कलंकीमा घाइते भएका धादिङको भुमेस्थान गाविस-१ निवासी शिव विडारीलाई ०६९ जेठ १६ गते धादिङको आग्राखोलामा सम्मान गरिएको छ ।

काठमाडौँको कलंकीमा ०६३ वैशाख ७ गतेससस्त्र प्रहरीको गोली लागेर गम्भीर घाइते भएका बिँडारी उपचारमा हुँदाहुँदै आन्दोलनमा होमिएर चर्चामा आएका थिए । जनआन्दोलनमा योगदान पुर्‍याएर पनि सरकारले सहयोग गर्न नसकेको अवस्थामा बिँडारीलाई जिल्लाका नागरिक समाजले नागरिक सम्मान गरेको हो ।

दोसल्ला ओडाएर नागरिक सम्मान गर्दै प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले राज्यको तर्फाट सहयोग उपलब्ध गराउन आफूले सहयोग गर्ने बताए । हाल बिँडारी कष्टपूर्ण तरिकाले काठमाडौँमा काम गर्दै आएका छन् । महिनाको ४ हजार रुपैयाँ आम्दानी हुने भए पनि घरमा रहेका वृद्ध आमाबुबा र आफूलाई जीवन गुजारा गर्न धौ-धौ परेको बताएका छन् ।
सीताराम अधिकारी via - inseconline

धादिङबेसीमा सामनाको साँस्कृतिक कार्यक्रम

No comments



धादिङबेसी जेष्ठ ४ गते /
शान्ति, जनसंविधान र राष्ट्रिय स्वाधिनताको पक्षमा सामाना सांस्कृतिक अभियान अन्र्तगत सामना परिवार केन्द्रीय टोलीले आज धादिङबेसीमा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेको छ । एनेकपा माओवादी पार्टी भित्रको सुदृढ आन्तरिक एकता तथा जन संविधानको लागि दवाव दिने उद्देश्यले आयोजित कार्यक्रममा सामना परिवारका कलाकारहरुले आफ्नो प्रस्तुतीबाट दर्शकलाई भरपुर मनोरञ्जन दिएका थिए । कार्यक्रममा विभिन्न गित संगित, नृत्य नाटक तथा अन्य प्रस्तुतीहरु समेत प्रस्तुत गरिएको थियो ।

सो अवसरमा सम्बोधन गर्दै माओवादी धादिङका सह–ईञ्चार्ज रामबहादुर भण्डारीले माओवादी पार्टी शान्ति र संविधानको लागि लचिलो भएको भन्दै जनताहरुलाई विचलित नहुन आग्रह गर्नुभयो । दश वर्षे जनयुद्ध लडेर प्राप्त भएको उपलब्धिलाई संस्थागत गरेर पार्टी अघि बढ्ने उहाँको भनाई थियो । संविधानसभा माओवादीको एजेन्डा भएकाले माओवादीले नै पूरा गर्ने बताउनुभएका भण्डारीले एमाले–काँग्रेसले बाघको जुँगा ल्याएर बाघ मारेको भन्ने गरेको भन्दै व्यङ्ग्य गर्नुभयो ।

यसैगरी अर्का सह–इञ्चार्ज उत्तम कंडेलले माओवादी शान्ति र संविधानमा प्रतिवद्ध रहेको बताउनुभयो । शान्ति र संविधानका लागि पार्टीमा आन्तरिक एकताको विकल्प नभएको भन्दै कंडेलले एकजुट हुन नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । कार्यक्रममा माओवादीका जिल्ला नेता तथा कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति थियो भने उक्त कायक्रम रेडियो बिहानीले प्रत्यक्ष प्रसारण गरेको थियो । यसअघि सामना परिवारले हिजो गजुरीमा समेत साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो ।

via- newsdhading

धादिङमा बस र मोटरसाइकल तोडफोड I

No comments
धादिङ, बैशाख २८ - जातीय आधारमा राज्य विभाजन गर्न नहुने र नयाँ बन्ने संविधानमा राष्ट्रिय अखण्डता एवम जातीय सद्भाव कायम गरिनुपर्ने माग राख्दै संयुत्त संघर्षमा उत्रिएका विभिन्न १० वटा जातीय सगंठनहरुको आह्वानमा भएको नेपाल वन्दको असर धादिङमा पनि परेको छ । प्रदर्शनकारीहरुले सडक अवरुद्ध पारेपछि देशका विभिन्न स्थानवाट राजधानीका लागि छुटेका ३ सय भन्दा बढि गाडी बीच सडकमै रोंकिंदा सयौं यात्रु अलपत्र परेका छन ।

प्रदर्शनकारीले एउटा बस र २ वटा मोटरसाइकल धादिङबेसीमा तोडफोड गरेका छन् । धादिङबेसी बिचवजारमा ना २ ख १२९० नम्बरको वसलाई प्रदर्शनकारीले तोडफोड गरेका थिए । त्यसै गरि दुईवटा मोटरसाइकल पनि तोडफोड गरिएको थियो ।
बन्दकर्ताहरुले बिहानै देखि धादिङ सदरमुकाम धादिङबेसीका साथै राजधानीलाई देशका ६७ जिल्ला संग जोड्ने पृथ्वीराजमार्गको ठाउं ठाउंमा प्रदर्शन जारी राखेका छन । शंख र घण्ट वजाउंदै सडकमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुले जवरजस्ची चल्न खोज्ने मोटरसाइकल र अन्य सवारी साधनको चावी खोसेर नियन्त्रणमा लिएका छन ।

बन्दको कारण पृथ्वीराजमार्गमा सवारी साधन ठप्प हुन पुगेको छ । वजार, शिक्षण संस्थाहरु पनि खुलेका छैनन । सदरमुकाम र राजमार्गक्षेत्र नौविसे।महादेववेसी,गजुरी,मलेखु लगायतका स्थानमा बन्दकर्ताहरुले बिहानै देखि प्रदर्शन जारी राखेका छन भने ती स्थानमा कुनै अप्रिय घटना हुन नदिन प्रहरीको उपस्थिती पनि बढाईएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । क्षेत्री, ब्राहम्ण, ठकुरी, दशनामी, दलित, खस, मुस्लिम, पिछडा वर्ग लगायतका जातीय संगठनहरुले बन्द गरेका हुन ।

बबरमहल पिडितलाई आठ लाख ५० हजार दिइने I

No comments

धादिङ/ बबरमहल बम बिष्फोटमा मारिएकाहरुलाई सरकारले आर्थिक सहयोग दिने भएको छ । फागुन १५ गते बबरमहलमा बम बिष्फोट हुंदा धादिङ जिल्लाको बैरेनी गाविस वडा नम्बर ६ का मानवहादुर तामाङ, वडा नम्बर १ का कृष्णवहादुर तामाङ र पिडा गाविस भष्मेखर्कका बिरवहादुर तामाङको ज्यान गएको थियो ।

वम विष्फोटमा परेर निर्दोष नागरिक मारिंदा पनि सरकारले आर्थिक सहयोगका लागि कुनै चासो नदेखाएपछि बबरमहल घटनामा पिडितभएकाहरु संघर्ष समिति गठन गरेर सडकमा उत्रिएका थिए । जिल्लाका विभिन्न संघ संस्था,नागरिक समाजका प्रतिनिधीका साथै स्थानीयसमुदायले समेत पिडितहरुको आन्दोलनलाई समर्थन गरि तत्काल आर्थिक सहयोगका लागि सरकारी निकायलाई दवाव दिएपछि सरकारले जेठ २ गते मृत्तकका परिवारलाई सहायता वापत प्रतिपरिवार आठ लाख ५० हजार रुपैया सहयोग गर्ने निर्णय गरेको हो ।

पृथ्वी राजमार्गको अवरोध हट्यो I

No comments
धादिङ, बैशाख २३ – बबरमहलमा भएको बम विस्फोटनमा ज्यान गुमाउनेको परिवारले गरेको अनिश्चितकालीन राजमार्ग बन्द स्थगित गरेका छन् । पीडित परिवारले जेठ १ गतेसम्म आन्दोलन स्थगित गरेपछि राजमार्गमा सवारी साधन चल्न थालेको छ ।
पृथ्वी राजमार्गको गल्छीमा शनिवार भएको सवारी दुर्घटनामा प्रहरी असईको ज्यान गएपछि स्थानीयवासीले आन्दोलनलाई जेठ १ गते सम्मका लागि स्थगित गरेका हुन् । बैशाख महिना भित्रमा सरकारले बबरमहलका बम पीडितहरुलाई उचित राहत र क्षतिपुर्ति नदिए जेठ १ गतेवाट सशक्त आन्दोलन गर्ने संघर्ष समितिले जनाएको छ । गएको फागुन १५ गते बबरमहलमा नेपाल आयल निगमको गेट अगाडि भएको बम विस्फोटमा बैरेनी वडा नं १ का कृष्णवहादुर तामाङ, वडा नं ८ का मानवहादुर तामाङ र पीडा गाविस ८ का विरबहादुर तामाङको ज्यान गएको थियो । विष्फोटमा परी अन्य ६ जना घाइते भएका थिए ।

सरकारले ज्यान गुमाउनेको परिवारलाई १० लाख रुपैयाँ र घाइतेको उपचार खर्च बेहोर्ने भनेपनि अहिलेसम्म वेवास्ता गरेकाले उनीहरुले चरणवद्ध आन्दोलनको घोषणा गरेका छन् । सरकारले पीडित परिवारलाई प्रतिवद्धता गरे अनुसार सहयोग नगरे पृथ्वीराजमार्ग अनिश्चितकालसम्म ठप्प पार्ने संघर्ष समितिले चेतावनी दिएका छन् ।
© all rights reserved
made with by netKUTI